जिल्ला समन्वय समितिको परिचय
साविक जिल्ला विकास समितिको नामले परिचित यस कार्यालय 2072 सालमा नेपालको संविधान जारी भए पश्चात जिल्ला समन्वय समितिको नामले चिनिन थालिएको हो । नेपालको संविधानको भाग-5 को धारा-56 को उष-धारा (1)(4) अनुसार परिभाषित भई नेपालको संविधानको धारा-220 (1,2,3,4,5,6,) अनुसार जिल्ला समन्वय समितिको गठन भई ऐ.ऐ. धाराको उपधारा-7 वमोजिमको कार्यहरु गर्ने संवैधानिक व्यावस्था छ भने स्थानीय सरकार संचालन ऐन, 2074 को दफा 92 ले दिएको अधिकार प्रयोग गरी जिल्ला समन्वय समितिले आफ्नो कार्य संचालन गर्ने कानूनी व्यवस्था छ ।