3 Nov, 2026, Tue info@dccsolukhumbu.gov.np (+९७७)-०३८-५२०४७२
समाचार:
/ जिल्लाको भौगोलिक अवस्था

जिल्लाको भौगोलिक अवस्था

अध्यावधिक मिति २०८१ फाल्गुण २२ गते बिहीबार

भौगोलिक अवस्था

       विश्वको सबैभन्दा अग्लो भू–भाग सगरमाथा (८८४८.84 मिटर) देखि नेचाबेतघारी गाविसको तुइन्टार (६०० मिटर) उचाइको भू–भाग यसै जिल्लामा पर्दछ । विभिन्न उच्च पर्वतीय हिमश्रृंखला, डाँडा, पाखा–पखेरा, खोंच, बेंशी, खोल्सा, खोल्सी, ताल तलैया, वौद्ध–संस्कृति, ३ जातका सल्ला, जडीबुटीको खानी, यती जस्ता दुर्लभ वन्यजन्तु तथा अति दुर्लभ वौद्ध सांस्कृतिक संपदाको धनी यो जिल्ला नेपाल राज्यको दुर्गम जिल्लाहरुमध्येमा पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल ३३१२ वर्ग कि.मि. (के.त.बि. २०६८) अर्थात् ३,३९,७७६ हेक्टर रहेको छ । यस मध्ये उच्च हिमाली क्षेत्र १९२५११ हेक्टर (५६.६६%), उच्च पहाडी क्षेत्र १४४४६४ हेक्टर (४२.५१%) र मध्य पहाडी क्षेत्र २८०१ (०.८२%) रहेको छ । यो जिल्ला २७˚२०’३९” उत्तरी अक्षांशदेखि २६˚६’२४” उत्तर सम्म र ८५˚०’२१” पूर्वी देशान्तरदेखि ८७˚०’१” पूर्वसम्म फैलिएर रहेको छ । यसको उत्तरमा रहेको खुम्बु क्षेत्र र दक्षिणमा रहेको नेचा तल्लो भागको उचाइमा निकै ठूलो अन्तर रहेको छ ।

साथै उत्तरमा चीन स्वशासित तिव्वति क्षेत्र पूर्वमा खोटाङ जिल्ला र संखुवासभा जिल्ला दक्षिणमा ओखलढुँगा जिल्ला र पश्चिममा रामेछाप जिल्लाले यस जिल्लाको चार किल्ला छुट्ट्याएको छ ।

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ आश्विन ५ गते सोमबार