जिल्लाको संक्षिप्त परिचयः
सोलुखुम्बु जिल्ला साविक सगरमाथा अञ्चल र हाल कोशी प्रदेशको हिमाली भागमा पर्दछ । यस जिल्लाले सोलु (तल्लो भू–भाग) र खुम्बु (माथिल्लो भू–भाग) क्षेत्रलाई समेट्छ । जिल्लाको सदरमुकाम सोलुदुधकुण्ड नगरपालिका वडा नं.-5 मा अवस्थित छ । यस जिल्लाको तल्लो भु–भागमा आदिवासी जनजाति राई (किराती) हरुको वस्ती र क्षेत्रीहरु मुख्य रुपमा बस्छन् भने उच्च पहाडी (हिमाली) क्षेत्रमा पूर्वको मान्छे भनी चिनिने उच्च हिमाल आरोहण गर्न पारखी शेर्पा जातीका मानिसहरुको बसोवास गर्दछन् ।
क) भौगोलिक अवस्था
विश्वको सबैभन्दा
अग्लो भू–भाग सगरमाथा (८८४८.84
मिटर) देखि नेचाबेतघारी गाविसको तुइन्टार (६०० मिटर) उचाइको भू–भाग यसै जिल्लामा पर्दछ । विभिन्न उच्च पर्वतीय
हिमश्रृंखला, डाँडा, पाखा–पखेरा, खोंच, बेंशी, खोल्सा, खोल्सी, ताल तलैया, वौद्ध–संस्कृति, ३ जातका सल्ला, जडीबुटीको खानी, यती जस्ता दुर्लभ वन्यजन्तु
तथा अति दुर्लभ वौद्ध सांस्कृतिक संपदाको धनी यो जिल्ला नेपाल राज्यको दुर्गम
जिल्लाहरुमध्येमा पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल ३३१२ वर्ग कि.मि. (के.त.बि.
२०६८) अर्थात् ३,३९,७७६ हेक्टर रहेको छ । यस मध्ये उच्च हिमाली क्षेत्र
१९२५११ हेक्टर (५६.६६%), उच्च पहाडी क्षेत्र
१४४४६४ हेक्टर (४२.५१%) र मध्य पहाडी क्षेत्र २८०१ (०.८२%) रहेको छ । यो जिल्ला २७˚२०’३९” उत्तरी अक्षांशदेखि २६˚६’२४” उत्तर सम्म र ८५˚०’२१” पूर्वी देशान्तरदेखि ८७˚०’१” पूर्वसम्म फैलिएर रहेको छ ।
यसको उत्तरमा रहेको खुम्बु क्षेत्र र दक्षिणमा रहेको नेचा तल्लो भागको उचाइमा निकै
ठूलो अन्तर रहेको छ ।
साथै उत्तरमा चीन स्वशासित तिव्वति क्षेत्र पूर्वमा खोटाङ जिल्ला र संखुवासभा जिल्ला दक्षिणमा ओखलढुँगा जिल्ला र पश्चिममा रामेछाप जिल्लाले यस जिल्लाको चार किल्ला छुट्ट्याएको छ ।
ख) जिल्लाको सीमाना
यस जिल्लाको उत्तरमा
चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्वमा भोजपुर र संखुवासभा, पश्चिममा दोलखा र रामेछाप तथा
दक्षिणमा ओखलढुङ्गा र खोटाङ्ग जिल्लाहरु पर्दछन् ।
ग) राजनैतिक एवं प्रशासनिक
विभाजन
यस जिल्ला १ नगरपालिका, ७ गाउँपालिका र १ संसदीय
निर्वाचन क्षेत्रमा विभक्त रहेको छ ।
घ) नदीनाला र तालतलैयाहरु
यस जिल्लामा दूधकोशी नदी, इङ्खु खोला, लिखु खोला, बेनी खोला, हुँगा खोला, लोदिङ्ग खोला, सोलु खोला, भोटेकोशी र खहरे खोला जस्ता ठूला–साना नदीहरु निरन्तर बग्ने गर्दछन् । प्रमुख कुण्ड तथा पोखरीहरु गोक्यो, इम्जा, दूधकुण्ड, साल्पापोखरी, पाँच पोखरी, भुत पोखरी, सुकेपोखरी, जालिमपोखरी पर्दछन् साथै यस जिल्ला अन्तरगत विश्वको सर्वोच्च शिखरको काखमा सगरमाथा राष्ट्रिय निकुञ्ज 2032 सालमा स्थापना भएको र उच्च हिमाली जीवजन्तु हिउँचितुवा, चिलिमे, हिमाली भालु चराचुरुङ्गीहरु डाँफे, मुनाल र उच्च हिमाली वनस्पतीको संरक्षण र सम्बर्धन गरि आएको पाईन्छ। यसै जिल्लाको पूर्वी भेगमा मकालु-वरुण राष्ट्रिय निकुञ्ज 2049 सालमा स्थापना भएको हो । विश्वको सर्बोच्च शिखर सगरमाथाको आधार शिविर 5364 मिटर खुम्वुपासाङल्हामु गाउँपालिका अन्तरगत रहेको छ भने यस जिल्लाभित्रका विभिन्न नदिनालाहरुबाट 14 वटा जलविधुत गृह सञ्चालित छन् ।
१) जिल्ला समन्वय समितिको सक्षिप्त परिचय
जिल्ला समन्वय समितिको कार्यालय जन निर्वाचित
जनप्रतिनिधिहरुले नेतृत्व गर्ने कार्यालय हो । जिल्ला भित्रका गाउँपालिका र
नगरपालिकाहरुबीच समन्वय गर्न एक जिल्ला सभा रहने र जिल्लाका गाउँ/नगर कार्यपालिकाका
अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख समेत सदस्य रहेको जिल्ला सभाले एक जना प्रमुखको
नेतृत्वमा, एक जना उपप्रमुख, कम्तिमा तीन जना
महिला र कम्तिमा एक जना दलित वा अल्पसंख्यक सहित नौ जना सदस्य रहेको जिल्ला समन्वय
समिति समिति गठन हुने प्रावधान छ। सोहिबमोजिम सोलुखुम्बु जिल्लामा समेत जिल्ला
समन्वय समिति गठन भएको छ। जिल्ला समन्वय समितिको बैठक सामान्यतया महिनामा एक पटक र
जिल्ला सभाको बैठक वर्षमा कम्तिमा एक पटक वा आवश्यकताका आधारमा बस्ने प्रावधान रही
सोही बमोजिम कार्यसम्पादन प्रयास भइरहेको छ ।संविधान, प्रचलित संघीय तथा प्रदेश कानूनले तोकेका साथै जिल्ला सभा तथा
समन्वय समितिले गर्ने निर्णयहरुको कार्यान्वयन तथा दैनिक प्रशासनिक कार्यसञ्चालनका
लागि जिल्ला समन्वय अधिकारीको नेतृत्वमा निजामती सेवा तर्फका कर्मचारीहरु
कार्यरत रहेका छन् । नेपालको संविधानको धारा २२० मा जिल्ला समन्वय
समिति तथा जिल्ला सभाको व्यवस्था भई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९२ तथा कोशी प्रदेशको जिल्ला सभा सञ्चालन
(कार्यविधि) ऐन, २०७५ को दफा ३६ तथा जिल्ला सभा ऐन, २०७५ को दफा ३ ले निर्दिष्ट गरे
बमोजिमका कार्यहरु जिल्ला समन्वय समितिको कार्यालय, सोलुखुम्बुले सम्पादन
गर्ने गरेको छ ।
२) जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकार
(क) जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच
समन्वय गर्ने,
(ख) विकास तथा
निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन
गर्ने,
(ग) जिल्लामा
रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वय
गर्ने,
(घ) प्रदेश कानुनबमोजिम
कार्यहरु गर्ने ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९२ को उपदफा (१) र कोशी प्रदेशको जिल्ला सभा
ऐन, २०७५ को दफा ३ बमोजिम
जिल्ला सभाको काम कर्तव्य र अधिकार देहायबमोजिम रहेको छ:
क)
जिल्ला
भित्रका स्थानीय तहको विकास निर्माणका विषय पहिचान गर्न तथा व्यवस्थापन गर्न
आवश्यक समन्वय गर्ने,
ख)
जिल्लाभित्रका
सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित विकास निर्माण सम्बन्धी
कार्यक्रमहरुको विवरण तयार गरी त्यस्ता कार्यक्रमहरुको प्रभावकारिता तथा
व्यवस्थापनका सूचक तयार गरी ती सूचकका आधारमा विभिन्न चरणमा अनुगमन गर्ने, त्यस्ता कार्यक्रमहरुको प्रतिफल
सम्बन्धमा क्षेत्र वा समुदायगत, विषय क्षेत्रगत र
पर्यावरणीय सन्तुलन कायम गर्न र आवश्यक सुझाव वा मार्गदर्शन दिने र त्यसरी दिएका सुझाव
वा मार्गदर्शनलाई सार्वजनिक गर्ने,
ग)
जिल्ला
भित्रका स्थानीय तहको क्षमता विकासको लागि प्रदेश तथा संघसँग समन्वय गर्ने,
घ)
जिल्लामा
रहने संघीय वा प्रदेश सरकारी कार्यालय र स्थानीय तहका बीच समन्वय गर्ने,
ङ)
जिल्लाभित्रका
स्थानीय तहबीच कुनै विवाद उत्पन्न भएमा सोको समाधानका लागि संघ, प्रदेशसँग परामर्श, समन्वय तथा सहजीकरण
गर्ने,
च)
जिल्ला
भित्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन सम्बन्धी योजना तथा कार्यको
समन्वय गर्ने र सो सम्बन्धमा संघ, प्रदेश र स्थानीय तहसँग
सहकार्य र समन्वय गर्ने,
छ)
जिल्लाभित्रको
विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न गैरसरकारी संघ, संस्था तथा निजी क्षेत्रसँग
समन्वय गर्ने,
ज)
जिल्ला
भित्रको विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन भए नभएको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा अनुगमन गरी
विकास निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्नका लागि स्थानीय तह सम्बन्धी
विषय हर्ने प्रदेश सरकारको मन्त्रालय तथा आवश्यकतानुसार सम्बन्धित स्थानीय तहलाई
समेत सुझाव दिने,
झ)
आफ्नो
काम कारबाहीको सम्बन्धमा प्रदेश सरकारको स्थानीय तह हेर्ने मन्त्रालयमा प्रत्येक
चार चार महिना र आ.व. समाप्त भएको दुई महिनाभित्र प्रतिवेदन पेश गर्ने,
ञ)
जिल्लाभित्र
गैरसरकारी संघ संस्थाबाट सञ्चालन भइरहेका योजना र कार्यक्रमहरुको प्रभावकारिता, उपयुक्तता तथा सन्तुलित
किसिमले भए, नभएको सम्बन्धमा अनुगमन गरी दोहोरो नहुने गरी उपयुक्त
स्थानमा पठाउन सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वय र सहजीकरण गर्ने,
ट) नेपाल सरकार वा प्रदेश सरकारले तोकेका अन्य कार्य गर्ने ।
कोशी प्रदेशको जिल्ला सभा
ऐन, २०७५ले तोकेका अन्य कार्यहरुः
(क) विकास कार्यमा समन्वय
(ख)
अनुगमन
कार्य
(ग)
सूचना,
तथ्याङ्क तथा अभिलेख व्यवस्थापन कार्य
(घ)
क्षमता
विकास कार्य
(ङ)
व्यवस्थापन
कार्य
(च)
प्राकृतिक
प्रकोप तथा विपद् व्यवस्थापन सम्बन्धी कार्य
(छ)
भाषा,
कला र संस्कृति संरक्षण तथा प्रवर्द्धन सम्बन्धी कार्य
जिल्ला
सभा/जिल्ला समन्वय समितिको अन्य विविध कार्यहरुः
१)
जिल्लाभित्रका
दुई वा सोभन्दा बढि स्थानीय तहबीचका रणनीतिक महत्वका आयोजना तथा परियोजनाको
पहिचान गरी सोको कार्यान्वयनमा सहजीकरण तथा समन्वय गर्ने,
२)
जिल्लाभित्रका
एक भन्दा बढी स्थानीय तह प्रभावित हुने आयोजना तथा परियोजना सञ्चालन गर्दा
प्रचलित कानूनबमोजिम प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङ्कन गर्न समन्वय
गर्ने,
३)
जिल्ला
सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन गर्ने,
४)
जिल्ला
भित्रका स्थानीय तहले बनाएका कानूनहरुको अभिलेखीकरण गर्ने,
५)
जिल्ला
भित्रको विकास तथा निर्माणलाई प्रभावकारी बनाउनको लागि वर्षको एक पटक वार्षिक
समिक्षाको कार्यक्रम आयोजना गर्दा सो जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय
संसदको र प्रदेश सभाको सदस्यलाई आमन्त्रण गरी सुझाव सहितको प्रतिवेदन दिने,
६)
आवश्यकता
अनुसार प्राकृतिक स्रोत व्यवस्थापन, अनुगमन, समन्वय गर्न आवश्यक
समितिहरु गठन गर्ने,
७) जिल्लाभित्र स्थानीय तहले गरेको कामले समग्र जिल्लाको विकासमा पारेको प्रभाव र गर्नुपर्ने सुधारका बारेमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय संसद र प्रदेश सभाका सदस्यलाई प्रतिवेदन दिने ।
जिल्ला समन्वय समिति सोलुखुम्बुका हाल पदाधिकार (२०७९ देखि २०८४ सम्म) पदाधिकारीहरुको विवरण
|
क्र.सं. |
पद |
पदाधिकारीको नाम |
कार्यालय |
स्थायी ठेगाना |
मोबाइल नं. |
कैफियत |
|
१. |
प्रमुख |
कृष्ण प्रसाद निरौला |
जि.स.स. सोलुखुम्बु |
थुलुङ दुधकोशी गा.पा. 3,
पत्र्चन |
9860476799 |
|
|
२. |
उपप्रमुख |
टिका माया मगर |
जि.स.स. सोलुखुम्बु |
सोलुदुधकुण्ड न.पा.3, तामाखानी
|
9863917570 |
|
|
3. |
सदस्य |
नारायण कुमार निरौला |
जि.स.स. सोलुखुम्बु |
नेचासल्यान गा.पा. 1 , फेदी |
9745334008 |
|
|
4. |
सदस्य |
सोमराज के.सी. |
जि.स.स. सोलुखुम्बु |
थुलुङ दुधकोशी गा.पा. 2, कागेल |
9845106025 |
|
|
5. |
सदस्य |
सीता कुमारी बस्नेत |
जि.स.स. सोलुखुम्बु |
थुलुङ दुधकोशी गा.पा. 1, नेले |
9863019950 |
|
|
6. |
सदस्य |
पेम्बा शेर्पा |
जि.स.स. सोलुखुम्बु |
सोलुदुधकुण्ड न.पा. 5,
सल्लेरी |
9862820907 |
|
|
7. |
सदस्य |
धर्मध्वज बस्नेत |
जि.स.स. सोलुखुम्बु |
सोताङ गा.पा. 5, सोलुखुम्बु |
9863311207 |
२०८२ देखि सम्पर्क विहिन |
|
8. |
सदस्य |
हिरामाया कामी |
जि.स.स. सोलुखुम्बु |
सोलुदुधकुण्ड न.पा. 5,
सल्लेरी |
9842937853 |
|
|
9. |
सदस्य |
कमला नाछिरिङ राई |
जि.स.स. सोलुखुम्बु |
माप्य दुधकोशी गा.पा. 5, वाकु |
9842950648 |
|
जिल्ला समन्वय समिति सोलुखुम्बुका पहिलो निर्वाचित (२०७४ देखि २०७९ सम्म) पदाधिकारीहरुको विवरण
|
क्र.सं. |
प्रमुख |
पदाधिकारीको नाम |
कार्यालय |
स्थायी ठेगाना |
मोबाइल नं. |
ईमेल |
कैफियत |
|
१. |
उपप्रमुख |
वीर कुमार राई |
जि.स.स. सोलुखुम्बु |
सोताङ गा.पा. 4, गैरिगाउ |
9851005815 |
|
|
|
२. |
सदस्य |
धर्मराज वन |
जि.स.स. सोलुखुम्बु |
थुलुङ दुधकोशी गा.पा. 5,
जुबु |
9841626564 |
|
|
|
3. |
सदस्य |
दाडोमा शेर्पा |
जि.स.स. सोलुखुम्बु |
सोलुदुधकुण्ड न.पा. 5, सल्लेरी |
9862868848 |
|
|
|
4. |
सदस्य |
रामकुमारी राई |
जि.स.स. सोलुखुम्बु |
थुलुङ दुधकोशी 8, देउसा |
9741494923 9840758942 |
|
हाल साईप्रस |
|
5. |
सदस्य |
मान बहादुर श्रेष्ठ |
जि.स.स. सोलुखुम्बु |
सोलुदुधकुण्ड न.पा. 7, गार्मा |
9862952466 |
|
|
|
6. |
सदस्य |
चरित्र बहादुर
भुजेल |
जि.स.स. सोलुखुम्बु |
लिखुपिके गा.पा. 4, चौलाखर्क |
9851015720 |
|
|
|
7. |
सदस्य |
मोहन कृष्ण बस्नेत |
जि.स.स. सोलुखुम्बु |
थुलुङ दुधकोशी गा.पा.-2, कागेल |
9803002808 |
|
|
|
8. |
सदस्य |
राम काजी राई |
जि.स.स. सोलुखुम्बु |
नेचासल्यान गा.पा. 3, नेचा |
9803071333 |
|
|
|
9. |
|
डोल्मा तामाङ |
जि.स.स. सोलुखुम्बु |
लिखुपिके गा.पा. 2 |
9851275087
|
|
|